×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

ज्ञानेन्द्र मल्लद्धारा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा

ज्ञानेन्द्र मल्लद्धारा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा

काठमाडौं-नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान ज्ञानेन्द्र मल्लले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेका छन् ।

शुक्रबार राजधानीमा एक पत्रकार सम्मेलनको आयोजना गर्दै उनले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको घोषणा गरेका हुन् ।

ज्ञानेन्द्रले सन् २००६ मै चार दिवसीय प्रतियोगिता आइसीसी इन्टरकन्टिनेन्टल कपमा नामिबियाविरुद्ध खेलेर राष्ट्रिय टिममा डेब्यू गरेका थिए ।

मल्ल सन् २००५ मा यू–१५ टोलीको सदस्य रहेका थिए ।

यसै समयमा उनी क्रमस यू–१७ र यू–१९ टोलीमा परेका थिए । ज्ञानेन्द्रले सन् २००६ मा खेलेका थिए ।

ज्ञानेन्द्रले ३५ एकदिवसीय खेलमा ८५६ रन बनाएका छन्  । त्यस्तै ४५ टी–ट्वान्टी अन्तर्राष्ट्रियमा ८८३ रन बनाएका छन् । उनले दुबै फ्म्याटमा शतक बनाएका छन् ।
 

प्रतिकृया दिनुहोस्