×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

कांग्रेस केन्द्रीय समितिमा निर्वाचन र भ्रातृ संगठनबारे छलफल हुने

कांग्रेस केन्द्रीय समितिमा निर्वाचन र भ्रातृ संगठनबारे छलफल हुने

काठमाडौँ- सोमबारबाट सुरु हुने नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा निर्वाचनको समीक्षा र भावी योजनाका साथै भ्रातृसंगठनका विषयमा छलफल हुने भएको छ ।

आइतबार पार्टी कार्यालय सानेपामा बसेको कांग्रेस पदाधिकारी बैठकले कांग्रेसको केन्द्रीय समिति बैठकको एजेन्डामाथि छलफल गरेको हो ।

केन्द्रीय समिति बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा हुने र आगामी निर्वाचनमा गठबन्धनबिचको तालमेललाई प्रभावकारी बनाउने विषयमा छलफल हुने प्रवक्ता डा प्रकाश शरण महतले जानकारी दिए ।

भ्रातृ शुभेच्छुक संघ संगठनलाई सक्रिय र गतिशील बनाउने गरी आवश्यक निर्णय हुने उनले बताए । उनले भ्रातृ शुभेच्छुक संघलाई पूर्णता दिने काम पनि छिटै हुने उल्लेख गरे । अहिले पार्टी विधि र पद्धति अनुसार नै अघि बढेको र पार्टी सभापतिले सबैको सहमति जुटाएर निर्णय गर्दै आएको उनको भनाइ छ ।

केन्द्रित समिति बैठकमा पार्टी सञ्चालन, विधानको कार्यान्वयन तथा सरकारका विषयमा पनि छलफल हुने नेताहरूले जनाएका छन् ।

प्रतिकृया दिनुहोस्