×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

प्रवास

३३ बर्षिय निरज, जापानमा पाँच कोम्बिनीका मालिक

३३ बर्षिय निरज, जापानमा पाँच कोम्बिनीका मालिक

टोकियो । कुनै समय भोलि के खाने भन्ने चिन्तामा बाँचेका विद्यार्थी आज अरूलाई रोजगारी दिने व्यवसायी बनेका छन् । सन २०१२ मा विद्यार्थी भिसामा जापान आएका चितवनका निरज पाण्डेको कथा संघर्ष र सफलताको प्रेरणादायी उदाहरण बनेको छ। विद्यार्थी भिषामा जापानको ओकिनावा छिरेका पाण्डेले झन्डै ६ महिनासम्म काम पाउन सकेनन्। भाषा नबुझ्ने, चिनजान कोही नहुने र नयाँ समाजमा घुलमिल हुन निकै कठिन भयो।

तर निराश नभई उनले जापानी भाषा सिके, समाज बुझ्न फिल्डमै काम गर्दै अनुभव बटुले र मार्गदर्शन गर्ने गुरुहरूको साथ पाए । त्यही संघर्ष र मेहनतको परिणाम आज उनि पाँच Mini Stop का मालिक बनेका छन् । सन २०१८ बाट व्यवसाय सुरु गरेका निरज पाण्डे अहिले जापानमा ५ वटा कोन्बिनी (Convenience Store) का मालिक बनेका हुन् । सुरुवाती दिन सम्झँदै उनी भन्छन्, “त्यो समय ५ दिन होइन, ५ घण्टा पछि के खाने भन्ने पनि पत्तो हुँदैनथ्यो।” 

यही मे महिनाको १ तारिखबाट उनले थप एक शाखा सञ्चालनमा ल्याउँदै पाँचौँ ब्राञ्चको सुरुवात गर्न लागेका छन् । कहिले भोलि के खाने भन्ने चिन्तामा बिताएर सुरू भएको पाण्डेको विद्यार्थी जीवन आज जापानमै सफल व्यवसायी बन्ने यात्रामा बदलिएको छ ।

प्रतिकृया दिनुहोस्