×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

तनहुँमा एमालेले मतदातालाई बाँड्न लागेको चामल प्रहरीले नियन्त्रणमा लियो

तनहुँमा एमालेले मतदातालाई बाँड्न लागेको चामल प्रहरीले नियन्त्रणमा लियो

तनहुँ- बन्दीपुर गाउँपालिका वडानम्बर ५ मा मौन अवधिको समयमा बाँड्न ठिक्क पारिएको ५० बोरा चामल वाईसीएलका कार्यकर्ताको सहयोगमा प्रहरीले नियन्त्रणमा लिएको छ।

बुधबार राति यम्पा भन्ने स्थानबाट बाँड्ने तयारी गरिरहेका बेलामा ५० बोरा चामल प्रहरीले नियन्त्रणमा लिएको हो। माओवादी प्रभावित मानिने उक्त क्षेत्रमा नेकपा एमालेका कार्यकर्ताहरूले चामल बाँड्न खोजेपछि वाईसीएलले नियन्त्रणमा लिएको हो।

चामल बाँड्न लागेको सूचना थाहा पाएपछि यम्पा पुगेको प्रहरीले चामद बरामद गरेको हो। अहिले चामल प्रहरीको जिम्मा लगाइएको छ।

प्रतिकृया दिनुहोस्