×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

सबै खालका इजलास तोकिएपछि सर्वोच्चका न्यायाधीशहरू छलफलमा

सबै खालका इजलास तोकिएपछि सर्वोच्चका न्यायाधीशहरू छलफलमा

काठमाडौँ- प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराले बन्दी प्रत्यक्षीकरणबाहेकका पनि इजलास तोकेपछि सर्वोच्चका न्यायाधीशहरू आन्तरिक छलफलमा जुटेका छन् । बैठकमा इजलास बस्ने नबस्ने भन्ने बारे छलफल हुने एक न्यायाधीशले जानकारी दिए । बन्दी प्रत्यक्षीकरणका इजलासमा सुनुवाइ गर्न सहमत भए पनि प्रधान न्यायाधीश जबराले अरू मुद्दाको समेत इजलास गठन गरेका हुन् ।

यसैबीच आन्दोलनरत कानून व्यवसायीको छाता संगठन नेपाल बार एसोशिएसन अरू पनि इजलास तोकिएको प्रति रुष्ट भएको छ । बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले यसले प्रधान न्यायाधीश जबराको पेलेरै जाने रणनीति रहेको प्रष्ट भएको र आफूहरूले अझ कडा संघर्ष गर्नुपर्ने अवस्था आउन सक्ने चेतावनी दिएका छन् ।

प्रतिकृया दिनुहोस्