×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

संवैधानिक नियुक्ति विरुद्धको रिटको संवैधानिक इजलासमा आज सुनुवाइ हुँदै

संवैधानिक नियुक्ति विरुद्धको रिटको संवैधानिक इजलासमा आज सुनुवाइ हुँदै

काठमाडौं- संवैधानिक नियुक्तिविरुद्ध परेको रिटमाथि आज संवैधानिक इजलासमा सुनुवाइ हुन लागेको छ। अधिवक्ता ओमप्रकाश अर्याल, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी लगायतले दायर गरेको रिटमा बुधबार सुनुवाइ हुन लागेको हो।

बुधबार कामु प्रधानन्यायाधीश दीपककुमार कार्की, वरिष्ठतम् न्यायाधीश हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा र अनिलकुमार सिन्हाको संवैधानिक इजलास गठन गरिएको छ। बुधबार नै अपरान्ह न्यायपरिषदको आकस्मिक बैठक बोलाइएकाले खाजा समयपछि संवैधानिक इजलास पुनः बस्ने वा नबस्ने टुङ्गो छैन।

अध्यादेशका आधारमा संवैधानिक परिषद्को बैठक सञ्चालनसम्बन्धी कार्याविधि परिवर्तन गरी विभिन्न संवैधानिक नियुक्ति दिइएको भन्दै २०७७ मंसिर १ गते अधिवक्ता अर्याल र मंसिर २ गते वरिष्ठ अधिवक्ता त्रिपाठीलगायतले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। अध्यादेशबाट ल्याइएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश र त्यसकै आधारमा भएको नियुक्ति बदर गर्न माग गर्दै उनीहरूले सर्वोच्चमा रिट दायर गरेका थिए।

यसअघि उक्त मुद्दामा संवैधानिक नियुक्ति लिई विपक्षी बनाइएका सबैलाई म्याद तामेल गर्ने गरी कारण देखाउ आदेश जारी भएको थियो। म्याद तामेलीका समय सकिएपछि बुधबारको संवैधानिक इजलासमा उक्त रिटमाथि सुनुवाइको मिति तोकिएको हो।

प्रतिकृया दिनुहोस्