×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

प्रदेश

जाजरकोटमा फेला परे दादुराका बिरामी

जाजरकोटमा फेला परे दादुराका बिरामी

काठमाडौं - नेपालले सन् २०१९ भित्र उन्मुलन गर्ने लक्ष्य लिए पनि २०२१ मा आएर जाजरकोटमा दादुराका बिरामी फेला परेका छन्। भेरी नगरपालिका–१ रावतगाउँमा गत साउन ८ गते मिल्दोजुल्दो लक्षण भएका बिरामी देखिएपछि जाँच गर्दा दादुराका बिरामी फेला परेका थिए।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को सहयोगमा भेरी–१ रावतगाउँमा १८ बालबालिकाको नमूना संकलन गरी जाँच गर्दा थप दुईमा दादुरा संक्रमण पुष्टि भएपछि अवस्था गम्भीर देखिएको भेरी नगरपालिकाको स्वास्थ्य शाखाका दीपक ओलीले बताए।

शुक्रबार मात्र प्रदेश स्वास्थ्य निर्देशनालय सुर्खेत, स्वास्थ्य सेवा कार्यालय जाजरकोट र भेरी नगरपालिका स्वास्थ्य शाखाबाट संयुक्तरूपमा स्थलगत अनुगमन गरिएको छ। स्वास्थ्य सेवा कार्यालयले बर्सेनि ददुराविरुद्धको खोप लगाउने गरे पनि त्यो अभियान पूरै असफल भएको स्थानीयवासी बताउँछन्। अन्यत्र पनि जाँच नहुँदा थाहा हुन नसके पनि ददुरा सुरुवा रोग भएकाले यसलाई समयमै उच्च सावधानी अपनाउन नसके अवस्था जटिल भएर जाने ओलीले जानकारी दिए।

प्रतिकृया दिनुहोस्