काठमाडौँको चावहिलमा रहेको ‘के एल टावर’मा भ्याली एक्सप्रेसको छैठौँ शाखा सञ्चालनमा आएको छ । स्वास्थ्यसम्बन्धी सम्पूर्ण मापदण्ड पालना गर्दै सञ्चालनमा आएको सो शाखाबाट ‘टेक अवे’ र ‘होम डेलीभरी’ को सेवा शुरु भएको हो ।
भ्याली एक्सप्रेसमा अन्तराष्ट्रिय चेन रेष्टुरेन्टले उपयोग गरिरहेका प्रविधिको प्रयोग गरी ग्रिल्ड चिकेन, चिकेन वर्गर, फ्राइड चिकेन, ससेज मिल, चिकेन पपकर्न लगायतका स्वादिष्ट परिकार उपभोक्तालाई पस्किइ सन्तुष्ट बनाउने लक्ष्य रोखको भ्याली ग्रुपका प्रवन्ध निर्देशक बाबुराजा रावलले जानकारी दिए ।
नेपालमा उत्पादन बढाई रोजगारको अवसर निर्माण गर्ने र सुपथ मुल्यमा स्वस्थकर मासुजन्य सामग्री उत्पादन गर्ने लक्ष्यमा साथ र सहयोगको अपेक्षा गरेको रावलले बताए ।
भ्याली ग्रूपमा हाल मासुजन्य व्यापारसँग सम्बन्धित मुलुकका विभिन्न स्थानमा कोल्ड स्टोर, फिड ईन्डस्ट्रीहरू, ह्याचरी उद्योगहरिू, आधुनिक वधशाला र फाष्ट फुड चेनहरु सञ्चालनमा छन् ।
चितवनमा परीक्षणका रुपमा ६ वर्षअघि शुरु भएको भ्याली एम्सप्रेसप्रति उपभोक्ताहरुको उत्साहजनक प्रतिक्रिया पाएपछि काठमाडौँ उपत्यकामा प्रवेश गरेको रावलले बताए । बालाजु नयाँबजारमा आफ्नै परिसरमा दोश्रो शाखाको स्थापना गरी बजारीकरण शुरु गरेको थियो ।