×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

कञ्चनपुरमाथि १ रनको रोमाञ्चक जित निकाल्दै बैतडी सुदुरपश्चिम छनोटको च्याम्पियन

कञ्चनपुरमाथि १ रनको रोमाञ्चक जित निकाल्दै बैतडी सुदुरपश्चिम छनोटको च्याम्पियन

धनगढी - दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटको सुदूरपश्चिम छनौटको उपाधि बैतडीले जितेको छ। बुधबार सम्पन्न फाइनल खेलमा कञ्चनपुरमाथि १ रनको रोमाञ्चक जित निकाल्दै च्याम्पियन बन्यो। च्याम्पियन भएसंगै बैतडीले स्वर्णपदक समेत हात पारेको छ।

जितका लागि पाएको १०१ रनको लक्ष्य पछ्याएको कञ्चनपुरले निर्धारित १५ ओभरमा ९ विकेटको क्षतिमा ९९ रन मात्रै बनाउन सक्यो । जसमा सावित्री धामीले अर्धशतकीय पारी खेल्दै ५० रन बनाएपनि टोलीलाई जिताउन सकेनन् ।बलिङतर्फ बैतडीकी आरती बोहराले २ विकेट हात पारिन्।


यसअघि धनगढीस्थित कैलालीगाउँमा पहिला ब्याटिङ गरेको बैतडीले १५ ओभरमा ७ विकेटको क्षतिमा १०० रन बनायो । जसमा ममता चन्दले २५ र रेनु पेलाले अविजित १३ रन बनाइन्। कञ्चनपुरकि सावित्री धामीले २ विकेट झारिन्। प्रदेशस्तरीय छनौटबाट राष्ट्रिय प्रतियोगिताका लागि खेलाडी छानिनेछन्।
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता चैत २३ देखि ३० गतेसम्म कर्णाली प्रदेशको सुर्खेतमा हुने तय भएको छ।
 

प्रतिकृया दिनुहोस्