×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

सिनेमा

नयाँ वर्ष २०८० मा वैशाखमा दयाहाङ र प्रकृतिको ‘बिहे पास’

नयाँ वर्ष २०८० मा वैशाखमा दयाहाङ र प्रकृतिको ‘बिहे पास’

 

काठमाडौं- केही दिनमै फिल्मको फस्टलुक र प्रदर्शन मिति सार्वजनिक गर्ने तयारीमा निर्माण युनिट लागेको हो । फिल्ममा दयाहाङ राई र प्रकृति श्रेष्ठ मुख्य भूमिकामा छ । दयाहाङ र प्रकृति श्रीमान् श्रीमतीको भूमिकामा छन् । यस अगाडि फिल्म ‘उत्सव’ अभिनय गरेकी प्रकृति ७ वर्षपछि यो फिल्म मार्फत पुनअभिनयमा देखिन लागेकी हुन् ।

प्रवेश पौडेल निर्देशित फिल्म ‘बिहे पास’ अर्को वर्ष अर्थात २०८० मा प्रदर्शन हुने भएको छ । फिल्म नयाँ वर्षको वैशाखमा प्रदर्शनमा ल्याउने तयारी भएको निर्माण युनिटले जनाएको हो । 

फिल्मको सम्पूर्ण छायांकन विराटनगरमा गरिएको हो । रोहित कट्टेलको प्रस्तुति रहेको यो फिल्मका कार्यकारी निर्माता रत्न श्रेष्ठ हुन् भने सह–निर्मातामा ग्याल्जेन लामा रहेका छन् । फिल्मलाई आकाश बराल, सजन काफ्ले र मर्रे केरले लेखेका हुन् ।

प्रतिकृया दिनुहोस्