×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

चितवनमा डेंगी संक्रमितको संख्या २ हजार ६सय नाघ्यो

चितवनमा डेंगी संक्रमितको संख्या २ हजार ६सय नाघ्यो

भरतपुर- चितवनमा डेंगी संक्रमितको संख्या २ हजार ६ सय नाघेको छ । स्वास्थ्य कार्यालय चितवनका अनुसार साउन महिनादेखि हालसम्म जिल्लामा डेंगी संक्रमितको संख्या २ हजार ६२७ पुगेको हो ।

जिल्लामा देखिएका संक्रमित मध्ये जिल्ला बाहिरका ५५८ र ठेगाना नखुलेका २७५ रहेको स्वास्थ्य कार्यालय चितवनले उपलब्ध गराएको तथ्याङ्कमा उल्लेख गरिएको छ । जिल्लामा देखिएका संक्रमितमध्ये भरतपुर महानगरपालिकाका सबैभन्दा धेरै १ हजार २२० छन् । रत्ननगर नगरपालिकामा २३८, खैरहनीमा १५६, राप्तीमा ९२, कालिकामा ४२, माडीमा ३५ र इच्छाकामना गाउँपालिकामा ११ जनालाई डेंगी संक्रमण भएको छ ।

जिल्लामा डेंगी संक्रमणबाट ६ जनाले ज्यान समेत गुमाएका छ । यस्तै पछिल्लो २४ घण्टामा चितवनमा नौ जनामा डेंगी संक्रमण पुष्टि भएको छ । आज संक्रमण पुष्टि हुनेमा चितवनका सात र बाहिरी जिल्लाका २ जना रहेका छन् । 
 

प्रतिकृया दिनुहोस्