नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीको अवस्थाप्रति दया लागेको टिप्पणी गरेका छन् । ओली ओरालो लागेको बताउँदै उनले दयाभाव व्यक्त गरेका हुन् ।
तर, ओलीले षडयन्त्रका गोटीहरू चाल्न सक्नेतर्फ भने सबैलाई सचेत हुन आग्रह गरे । विपक्षी गठवन्धनद्वारा आयोजित अन्तरक्रियामा बोल्दै प्रचण्डले भने, ‘विचरा केपी ओलीजीलाई सम्झिँदा माया पनि लाग्छ । कठै बिचरा ! १४ वर्ष जेल पनि बसेको हो । तर, दृष्टिकोण र प्रवृत्ति कुरा हो । उहाँ ओरालो लागेकै मैले बुझ्छु ।’
प्रधानमन्त्री र राष्ट्रपति मिलेर जे गरे पनि हुने भएको बताउँदै नउले संकटकालका विषयमा उनीहरूबीच छलफल भइरहेको हुनसक्ने दावी गरे ।
प्रचण्डले राष्ट्रपति संस्था नै बदनाम भएको भन्दै चिन्ता व्यक्त गरे । प्रधानमन्त्री ओलीका लागि अहिले संविधान विरोधीहरू सबैभन्दा प्यारा बनेको प्रचण्डको भनाइ छ ।