काठमाडौं- नेपाली कांग्रेसका सांसद तथा पूर्व सञ्चारमन्त्री मोहनबहादुर बस्नेत पदबाट निलम्बित भएका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेरामोक्स प्रणाली खरिदमा अनियमितता र भ्रष्टाचार गरेको आरोपमा उनीसहित १६ जनाविरुद्ध ३ अर्ब २१ करोड रुपैयाँ बिगो दाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेपछि बस्नेत स्वतः निलम्बनमा परेका हुन्। सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा बैठकमा बस्नेत निलम्बित भएको जानकारी गराएका थिए।