×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

नेपालमा फेला पर्‍यो कोरोनाको ‘डेल्टा प्लस’ भेरियन्ट

नेपालमा फेला पर्‍यो कोरोनाको ‘डेल्टा प्लस’ भेरियन्ट

नेपालमा कोरोना भाइरसको ‘डेल्टा प्लस’ भेरियन्ट फेला परेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गरी ४७ जनाको नमूनामध्ये तीन जनाको नमूनामा डेल्टा भेरियन्टको थप उत्परिवर्तन भेटिएको जनाएको हो ।

देशका विभिन्न भागबाट संकलन गर‍िएको ४७ वटा नमूनामध्ये सबैमा डेल्टा भेरियन्ट भेटिएको र ३ वटामा थप उत्परिवर्तन ‘के-४१७ एन म्युटेसन’ देखिएको बताइएको छ । त्यसलाई एवाई-१ नाम दिइएको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

भेटिएका भेरियन्ट र म्युटेन्टहरू बढी संक्रामक तथा सबै उमेर समूहका व्यक्तिलाई असर पार्ने देखिएको समेत मन्त्रालयले जनाएको छ ।यसअघि पनि नेपालमा ४८ वटा नमूना परीक्षण गर्दा ९ जनामा डेल्टा प्लस फेला परेको थियो ।

 

प्रतिकृया दिनुहोस्