×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

एकैदिन १४०० रुपैयाँले बढ्यो सुनको मूल्य

एकैदिन १४०० रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं- नेपाली बजारमा बुधबार सुनको मूल्य फेरि उकालो लागेको छ । आज सुनको मूल्य एकैदिन १ हजार ४०० रुपैयाँले बढेको हो । योसँगै प्रतितोल छापवाला सुन प्रतितोला ९५ हजार ४०० रुपैयाँ र तेजाबी सुन ९४ हजार ९०० रुपैयाँ कायम भएको छ ।

मंगलबार सुनको मूल्य तोलामा ३०० रुपैयाँले घटेको थियो । यो दिन प्रतितोला छापवाला सुन प्रतितोला ९४ हजार रुपैयाँ र तेजाबी गोल्ड ९३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको भाउ पनि तोलामा ३० रुपैयाँले बढेर १ हजार २९५ रुपैयाँ कायम भएको छ। हिजो भाउ स्थिर रहँदै चाँदी १ हजार २६५ रुपैयाँमा किनबेच भएको थियो।

प्रतिकृया दिनुहोस्