×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

सुख्खा पहिरो खस्दा दाङ-सल्यान सडकखण्ड अवरुद्ध

सुख्खा पहिरो खस्दा दाङ-सल्यान सडकखण्ड अवरुद्ध

काठमाडाैँ- सुख्खा पहिरोले स्काभेटर पुरिएपछि राप्ती लोकमार्गअन्तर्गत दाङ-सल्यान सडकखण्ड अवरुद्ध भएको छ । सल्यानको कपुरकोट-३ चोरखोला नजिक छाँगामा सडक निर्माण गर्ने क्रममा मंगलबार बेलुकी खसेको पहिरोले बा २ क ८०७७० नम्बरको स्काभेटर पुरिएको हो । पहिरोमा परेर स्काभेटर चालक हिमनाथ योगी सामान्य घाइते छन् ।

घटनास्थलमा अर्को एउटा स्काभेटर भएपनि सडक खुलाउन सकेको छैन । दाङबाट अर्को स्काभेटर लगेर पहिरो हटाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्