×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

कला / संगीत

‘धोकेबाज हौ तिमि’की गायिकाको ब्रेकअप,किन पाइन् विष्णुसँग एलिनाले धोका?

‘धोकेबाज हौ तिमि’की गायिकाको ब्रेकअप,किन पाइन् विष्णुसँग एलिनाले धोका?

काठमाडौं - चर्चित गीत ‘धोकेबाज हौ तिमी’की गायिका एलिना चौहानको ब्रेकअप भएको छ। उनको प्रेमी विष्णु सापकोटासँग ब्रेकअप भएको छ ।

अष्ट्रेलियामा बस्ने सापकोटासँग एलिनाको प्रेम ठीक एक वर्ष अगाडि सार्वजनिक भएको थियो । गत वर्षको तिजमा सांगीतिक प्रस्तुतिका लागि एलिना अष्ट्रेलिया जाँदा विष्णुलाई भेटेकी थिइन् ।

त्यसपछि उनीहरू प्रेममा परेका थिए । त्यसको ६ महिनापछाडि उनीहरूको अफेयर मिडियामा आयो । एलिनाले पनि यसको खुला स्वीकारोक्ति गरेकी थिइन् । एलिना र विष्णुले पटक–पटक फेसबुक लाइभमा सँगै आएर आफूहरूको प्रेम उजागर गरेका थिए ।

एलिनाले विष्णुसँग विवाहको योजनासमेत बुनिरहेकी थिइन् । यही वर्षको मंसिर विवाह हुन सक्ने उनी आफ्ना साथीहरूलाई बताउने गर्थिन् । तर, अहिले उनको प्रेम टुटेको निकट स्रोतले बतायो ।

विष्णुले केही समयदेखि एलिनालाई मानसिक तनाव दिइरहेको स्रोतको दाबी छ । आफ्नो चरित्रमाथि नै विभिन्न प्रश्न उठाउने, फोनमा भद्दा गालीगलौज गर्ने र परिवारका सदस्यका विषयमा समेत नचाहिँदा कुरा गर्न थालेपछि एलिना आजित बनेकी थिइन् । अन्ततः उनले अलग्गिने निर्णय लिइन् । भित्रैबाट टुटेकी एलिना अहिले सांगीतिक कार्यक्रमहरुमा आफूलाई व्यस्त राखिरहेकी छन् ।

स्रोतका अनुसार विष्णु एलिनाभन्दा अघि कला क्षेत्रकै विभिन्न युवतीहरुसँग अफेयरमा थिए । पछिल्लोपटक एक चर्चित म्युजिक भिडियो मोडलसँग उनको निकटता थियो । ती मोडलसँग ब्रेक अप नभइ उनी एलिनासँग नजिकिएका थिए ।

एलिनाले पनि विष्णुको प्रेममा डुबेपछि उनको ब्याकग्राउण्डलाई महत्त्व दिइनन् । यद्यपि, विष्णुलाई नजिकबाट चिन्नेहरूले उनीहरूको प्रेम धेरै नटिक्ने आङ्कलन पहिल्यै गरेका थिए ।

चर्चाको लागि मात्रै विष्णुले एलिनालाई प्रयोग गरेको उनीहरूको अनुमान थियो । विष्णु लोकदोहोरी प्रतिष्ठान अष्ट्रेलिया शाखाका अध्यक्ष हुन् । 

प्रतिकृया दिनुहोस्