×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

नारायणहिटीमा रेस्टुरेन्ट बनाउने ठेक्का दिँदा बतास समूहसँग मिलेमतो भएको सरकारी छानबिन समितिको निष्कर्ष

नारायणहिटीमा रेस्टुरेन्ट बनाउने ठेक्का दिँदा बतास समूहसँग मिलेमतो भएको सरकारी छानबिन समितिको निष्कर्ष

काठमाडोँ । सरकारी छानबिन समितिले नारायणहिटी संग्रहालयमा बतास समूहलाई रेस्टुरेन्ट खोल्न दिँदा मिलेमतो भएको हुनसक्ने निष्कर्ष निकालेको छ । बतास समूहले जथाभावी संरचना निर्माण गरेको पाइएपछि त्यसबारे छानबिन गर्न गठन गरिएको सहसचिवस्तरीय समितिले आज पर्यटनमन्त्री प्रेमबहादुर आलेसमक्ष प्रतिवेदन पेस गर्दै यस्ताे निष्कर्ष निकालेकाे हाे ।

समितिले क्याफ्टेरियाले प्रयोग गर्न पाउने क्षेत्रफल र स्थानको सीमांकन नभएको, कार्यकारी निर्देशकले विभिन्न प्रावधानहरू थप गरेर सम्झौता गरेको, जग्गाको भाडा कम निर्धारण गरिएकाले मिलेमतोको आशंका रहेकोलगायत निष्कर्ष निकालेको हो । समितिले सरकारी पक्षले पनि जिम्मेवारी पूरा गर्न नसकेको देखिएको निष्कर्ष निकालेको छ ।

बतास समूहकाे स्वामित्वमा रहेको कम्पनीले करिब १४ रोपनी जग्गा कब्जा गरेर अरु संरचना निर्माण भइरहेको भन्दै संरचना बनाउने अनुमति नलिइ निर्माण गरिनु गलत भएको भन्दै तत्काल निर्माणमा रोक लगाउन सिफारिस गरेको छ ।

नारायणहिटी दरबारभित्र क्यान्टिन–क्याफ्टेरिया सञ्चालन विवादित बनेपछि सहसचिव होमप्रसाद लुइँटेलको नेतृत्वमा बनेको छानबिन समिति बनेकाे थियाे । साेही समितिले साेमबार मन्त्री आलेसमक्ष प्रतिवेदन पेस गरेकाे हाे ।

 

प्रतिकृया दिनुहोस्