×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

विश्वकपको एसिया छनौट प्रतियोगिता खेल्न नेपाली टोली युएई जाँदै

विश्वकपको एसिया छनौट प्रतियोगिता खेल्न नेपाली टोली युएई जाँदै

काठमाडौं -यूएईमा फागुन १२ गते शुक्रबारदेखि शुरु हुने आइसीिसी पुरुष विश्वकपको एसिया छनौट प्रतियोगिता खेल्न नेपाली टोली आज त्यसतर्फ प्रस्थान गर्दैछ । त्यसका लागि  छनोट प्रतियोगिता खेल्ने नेपाली टोलीलाई आज बुधबार बिदाइ गरिएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले बुधबार युएई जाने यू १९ टोलीलाई बिदाइ गरेको हो । नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्यसचिव टंकलाल घिसिङ, क्यानका अध्यक्ष चतुरबहादुर चन्दलगायतले विदाइ गरेका थिए । 

पालले देव खनालको कप्तानीमा प्रतियोगिता खेल्नेछ । टोलीको मुख्य प्रशिक्षकमा जगत टमटा छन् । प्रतियोगिता फागुन १२ देखि यूएईमा शुरु हुँदैछ । प्रतियोगितामा नेपालसहित सिंगापुर, कतार, हङकङ, मलेसिया र आयोजक यूएईको सहभागिता रहने छ । 

खेल तालिकाअनुसार नेपालले पहिलो खेल २४ फेब्रुअरीमा सिंगापुरसँग खेल्नेछ । दोस्रो खेल २५ तारिखमा कुबेतसॅंग खेल्नेछ । नेपालले हङकङविरुद्ध २७ तारिखमा तेस्रो खेल खेल्ने तालिका छ। तेस्रो खेलमा २८ तारिखमा मलेसियाको सामना गर्ने नेपालले २ मार्च घरेलु टोलीसॅंग खेल्नेछ। सबै खेलहरु नेपाली समयअनुसार बिहान १०ः४५ बजे हुनेछ ।

प्रतिकृया दिनुहोस्