मुस्ताङको घरपझोङमा कांग्रेसका लालचन विजयी, एमालेका उमेदवार २ मतले पराजित
बैशाख ३१, २०७९काठमाडौं- मुस्ताङको घरपझोङ गाउँपालिकाको अध्यक्ष पदमा कांग्रेसका मोहनसिंह लालचन विजयी भएका छन्। उनले नेकपा एमालेका उमेदवार सञ्जयकुमार थकालीलाई दुई मतान्तरले पराजित गरेका हुन्। यस्तै, उपाध्यक्षमा पनि कांग्रेसकी जमुना थापामगर विजयी भएकी छन्।कसले कति मत प्राप्त गरे भन्ने तथ्यांक प्राप्त भइसकेको छैन।
सबै पढ्नुहोस