आईपिएल क्रिकेट : दिल्लीद्वारा कोलकत्ता चार विकेटले पराजित
बैशाख १६, २०७९एजेन्सी - इन्डियन प्रिमियर लिग(आईपीएल) २०२२ अन्तर्गत गएराति भएको खेलमा दिल्ली क्यापिटल्सले कोलकाता नाइट राइडर्सलाई चार विकेटले हराएको छ । मुम्बईमा कोलकाताले दिएको एक सय ४७ रनको लक्ष्य दिल्लीले एक ओभर बाँकी छँदै ६ विकेट गुमाएर भेट्टायो । दिल्लीका लागि डेभिड वार्नरले ४२ र रोवमन पावेलले नटआउट ३३ रन बनाए । बलिङतर्फ कोलकाताका उमेश यादवले तीन विकेट लिए ।
सबै पढ्नुहोस