राजु अर्याल सशस्त्र प्रहरीको एआईजीमा बढुवा, आईजीपी बन्ने पक्का
बैशाख १४, २०७९काठमाडाैँ- सरकारले सशस्त्रको प्रहरीको अतिरिक्त महानिरीक्षक (एआईजीमा) राजु अर्याललाई बढुवा गर्ने निर्णय गरेको छ । योसँगै अर्याल ४ दिनपछि सशस्त्र प्रहरीको महानिरीक्षक (आईजीपी) बन्ने पक्का भएको छ । सशस्त्र प्रहरीका हालका आईवजीपी पुष्पराम केसी र अर्का एआईजी रामशरण पौडेल वैशाख १९ गतेदेखि अनिवार्य अवकाशमा जाने भएपछि अर्याल निर्विकल्प आईजीपी हुने भएका हुन्
सबै पढ्नुहोस