वैशाखी पर्वको तयारीमा जुटे सिख समुदाय
चैत २६, २०७८बाँके- बाँकेका सिख समुदाय ३२३औँ खाल्सा साजना दिवस एवं वैशाखी पर्वको तयारीमा जुटेका छन् । विगतका वर्षमा कोरोना महामारीका कारण प्रभावित बनेको वैशाखी पर्व यो वर्ष धूमधामका साथ मनाउने तयारी भइरहेको नेपालगञ्जको गुरुद्वारा गुरु नानकसिंह सभाका प्रधान राजेन्द्रसिंह सरदारले बताए । उनका अनुसार वैशाखी पर्वका अवसरमा वैशाख २ गते भण्डारासहित प्रवचन र ३ गते नेपालगञ्जमा शोभायात्रा निकाल्नुका साथै मार्सल आर्ट देखाइने छ । &
सबै पढ्नुहोस