राखेप फर्किए सदस्य सचिव घिसिङ
चैत २३, २०७८काठमाडाैँ- राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङ बुधबारबाट राखेप फर्किएका छन् । राखेपको सदस्यसचिवको विवाद समाप्त भएसँगै बुधबार राखेपमा फर्किएका घिसिङले आफ्नो कामकाज शुरू गरेका छन् । सर्वोच्च अदालतले मंगलबार तत्कालीन राखेपका सदस्यसचिव रमेशकुमार सिलवालले आफूलाई बर्खास्त गर्ने सरकारको निर्णयप्रति दायर गरेको रिट निवदेन खारेज गरेपछि सदस्यसचिवको विवाद समाप्त भएको हो ।
सबै पढ्नुहोस