काठमाडौंको तारकेश्वरमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु
भदौ ३१, २०७८काठमाडौं– काठमाडौंको तारकेश्वरमा मोटरसाइकल दुर्घटना हुँदा ३० वर्षीय युवकको मृत्यु भएको छ। गएराति तारकेश्वर नगरपालिका ७ फुटुङमा बा ३५ प ५२५० नम्बरको मोटरसाइकल दुर्घटना हूँदा सोही ठाउँका ३० वर्षीय सुरेश लामाको मृत्यु भएको हो। तीव्र गतिमा रहेको मोटरसाइक बिजुलीको पोलमा ठोक्किँदा गम्भीर घाइते लामाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। उनी तारकेश्वर ८ गैरीगाउँ निवासी हुन्।
सबै पढ्नुहोस