प्रधानमन्त्री प्रचण्ड पत्नी सीता दाहालको निधन
असार २७, २०८०काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'की पत्नी सीता दाहालको निधन भएको छ । उनको बुधवार विहान ८ बजेर ३३ मिनेटमा निधन भएको हो । आकस्मिक रुपमा नर्भिक अस्पताल लगिएकी दाहालको निधन भएको स्रोतले बताएको छ । उनी लामो समयदेखि अस्वस्थ थिइन् । नर्भिक अस्पताल स्रोतका अनुसार हृदयघातबाट सीता दाहालको निधन भएको हो ।
सबै पढ्नुहोस