चलचित्र पत्रकार संघको अध्यक्षमा बलामी निर्वाचित
फाल्गुण १८, २०७९काठमाडौं- चलचित्र पत्रकार संघ नेपालको अध्यक्षमा समीर बलामी निर्वाचित भएका छन् । बलामी ८३ मत ल्याएर निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी राजन घिमिरेले ६६ मत ल्याएका छन् । निर्वाचनमा कुल एक सय ५२ मत खसेको थियो । त्यस्तै त्यस्तै महासचिवमा रघुनाथ सापकोटा ७७ मत ल्याएर निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्द्वी प्रदीप कार्कीले ७४ मत ल्याए ।
सबै पढ्नुहोस