उपराष्ट्रपतिको मनोनयन दर्ता आज
फाल्गुण २७, २०७९काठमाडौं- उपराष्ट्रपतिका लागि आज मनोनयन दर्ता हुँदैछ । आज बिहान ९ बजेदेखि २ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको छ । उम्मेदवारी दर्तापछि आजै प्रकाशित गरिने कार्यसूची छ । उम्मेदवारको विरोधमा उजुरी दिने समय पनि आजै छ । उजुरी उपर जाँचबुझ गरी उम्मेदवारको अन्तिम नामावली प्रकाशित आइतबार हुनेछ।
सबै पढ्नुहोस