प्रधानमन्त्रीले बोलाए मन्त्रालयका सचिवहरू
पुस १८, २०७९काठमाडाैँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रालयका सचिवहरुसँग छलफल गर्दैछन् । बिहान ११ बजे विभिन्न मन्त्रालयका सचिवहरुसँग प्रधानमन्त्रीले छलफल गर्ने कार्यक्रम रहेको छ । सो बैठकमा मन्त्रालयहरुको अवस्थाबारे जानकारी लिने र प्रभावकारी ढंगले काम गर्न निर्देशन दिने गरी छलफल गर्न लागिएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ ।
सबै पढ्नुहोस