काठमाडौं–७ मा एमालेका घिमिरेको अग्रता, गठबन्धनकी मानुषी तेस्रो स्थानमा
मङ्सिर ५, २०७९काठमाडौं- काठमाडौं क्षेत्र नम्बर ४ मा नेकपा एमालेका श्याम घिमिरेले अग्रता लिएका छन् । पछिल्लो परिणामअनुसार घिमिरेले ९५० मत प्राप्त गर्दा उनलाई पछ्याइरहेका राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुलीले ८५६ मत प्राप्त गरेका छन् । नेपाल समाजवादी पार्टीकी मानुषी यमी भट्टराईले ६९८ मत प्राप्त गरेकी छन् । उनलाई कांग्रेस, एकीकृत समाजवादीलगायतका दलले समथर्न गरेका हुन् । अहिलेसम्म ३ हजार ६५८ मत गणना भइसकेको छ ।
सबै पढ्नुहोस