उद्घाटन खेलमा ओसासुनाले सेभियालाई हरायो
साउन २८, २०७९काठमाडौं- स्पेनिस ला लिगा फुटबल २०२२/२३ को उद्घाटन खेलमा बलियो मानिएको सेभिया ओसासुनासँग २-१ अन्तरले पराजित भएको छ । घरेलु टोली ओसासुनाको जितमा इजिक्वेल एभिला र एइमज ओरोजले समान एक एक गोल गरे । सेभियाका राफा मिरले सान्त्वना गोल फर्काए । जितसँगै ओसासुनाले महत्त्वपूर्ण तीन अंक जोडेको छ । यता, हारसँगै सेभियाको उपाधी यात्रामा धक्का लागेको छ ।
सबै पढ्नुहोस