सुन तोलाको १ लाख ५ हजार ५ सय
फाल्गुण २५, २०७८काठमाडौँ- नेपाली बजारमा बुधबार सुन हालसम्मकै महँगो भएको छ । यस दिन छापावाल सुनको मूल्य प्रतितोला २ हजार ५ सय रुपैयाँले बढेको छ । यस दिन छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५ हजार ५ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजाबी सुनको मूल्य बुधबार प्रतितोला १ लाख ५ हजार रुपैयाँ रहेको छ ।
सबै पढ्नुहोस