थप २ सय ३० जनामा काेराेना संक्रमण पुष्टि
भदौ २२, २०७९काठमाडौँ- नेपालमा थप २ सय ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको १ हजार ९ सय ५६ पिसिआर परीक्षणका क्रममा १ सय २८ जना र १ हजार ८ सय ८० एन्टीजेन परीक्षणका क्रममा १ सय २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोनाका कारण बुधवार पनि कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै थप ७८ जना संक्रमित कोरोनामुक्त भएका छन् ।
सबै पढ्नुहोस