लामखुट्टेले टोकेको रगतको डीएनबाट चोर पक्राउ !
साउन ४, २०७९एजेन्सी/बेइजिङ- चीनमा प्रहरीले रोमाञ्चक ढंगले एक चोरलाई पक्राउ गरेको छ । प्रहरीले चोरी भएको घरमा मरेको लामखुट्टे र भित्तामा टाँसिएको रगतको दागको डीएनए परीक्षण गरेर चोर पक्राउ गरेको ग्लोबल टाइम्सले जनाएको छ । चोरले घरबाट निस्कने क्रममा लामखुट्टेलाई मारेको थियो । रिपोर्टअनुसार उक्त घटना फुजियान प्रान्तको फुझोउमा ११ जुनमा भएको थियो ।
सबै पढ्नुहोस