थप १ सय ३५ जनामा कोरोना संक्रमण, १ हजार ४३९ आइसोलेसनमा
साउन १, २०७९काठमाडौँ- नेपालमा थप १ सय ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको १ हजार ४ सय ७३ पिसिआर परीक्षणका क्रममा १ सय १४ जना र १ हजार ५ सय ६८ एन्टीजेन परीक्षणका २१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोनाका कारण थप १ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ९ सय ५३ जनाले ज्यान गुमाइसकेका छन् ।
सबै पढ्नुहोस