कांग्रेस सुदूरपश्चिमद्वारा मतदातालाई धन्यवाद ज्ञापन
जेठ २०, २०७९धनगढी- नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश समितिले स्थानीय तहको निर्वाचन २०७९ मा निर्वाचित जनप्रतिनिधिलाई बधाई तथा मतदातालाई धन्यवाद ज्ञापन गरेको छ। प्रदेश कार्यसम्पादन समिति बैठकले जनप्रतिनिधिलाई बधाई दिने तथा मतदातालाई धन्यवाद ज्ञापन गर्ने प्रस्ताव सर्वसहमतिले पारित गरेको हो। त्यसअघि प्रदेश सभापति वीरबहादुर बलायरले उक्त प्रस्ताव बैठकमा पेश गरेका थिए।
सबै पढ्नुहोस