पाकिस्तानी क्रिकेटरको चार गुणाले बढ्यो पारिश्रमिक
साउन २१, २०८०काठमाडौं-पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी)ले क्रिकेट खेलाडीको पारिश्रमिक चार गुणा बढाउने भएको छ । पाकिस्तानले केही समयपछि खेलाडीको नयाँ सेन्ट्रल कन्ट्र्याक्ट सार्वजनिक गर्ने भएको हो । नयाँ केन्द्रीय सम्झौताअनुसार बाबर आजम, मोहम्मद रिजवान र साहिन शाह अफ्रिदी ‘ए’ ग्रेडमा रहेका छन् । उनीहरूले मासिक ४५ लाख पाकिस्तानी रुपैयाँ पाउनेछन् । जुन भारतीय मूल्यमा १३.२२ लाख हुनेछ । पाकिस्तानी खेलाडीले एक वर्षमा ५ करोड ४० लाख पाउने बताइएको छ ।
सबै पढ्नुहोस