नेपालले नेदरल्याण्डसँग प्रतिस्पर्धा गर्दै,जित्नैपर्ने दबाब
असार ९, २०८०काठमाडौं- आइसिसी विश्वकप छनोट अन्तर्गत आफ्नो समूह चरणको अन्तिम खेलमा शनिबार नेपालले नेदरल्याण्डसँग प्रतिस्पर्धा गर्दै छ । जिम्बावेको ताकाशिंगा क्रिकेट स्पोर्ट्स क्लबमा हुने सो खेल नेपाली समय अनुसार दिउँसो १२ः ४५ बजेबाट सुरु हुनेछ । दुईवटा खेलमा पराजित तथा एक खेलमा विजयी नेपालले सुपर सिक्समा पुग्ने लक्ष्य नेदरल्यान्ड्सलाई हराएर मात्र पुरा हुने भए पछि नेपाललाई थप दबाब परेको छ ।
सबै पढ्नुहोस