निजगढमा विमानस्थल बनाउने निर्णय सर्वोच्चले गर्यो बदर
जेठ १२, २०७९काठमाडौं- बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने सरकारले गरेको निर्णय सर्वोच्च अदालतले बदर गरिदिएको छ। सर्वोच्चका न्यायाधीश हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, प्रकाशमान सिंह राउत र मनोजकुमार शर्माको बृहत् पूर्ण इजलासले निजगढमा विमानस्थल बनाउने निर्णय उप्रेषणको आदेशबाट खारेज गरी उपयुक्त अरू ठाउँ खोजेर अन्तर्राष्ट्रिय विमानस्थल बनाउन परमादेश जारी गरेको हो।
सबै पढ्नुहोस