×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

प्रवास

जापानमा Yehey Remit को नयाँ कार्यालय उद्घाटन, प्रवासी नेपालीलाई सहज सेवा दिने लक्ष्य

जापानमा Yehey Remit  को नयाँ कार्यालय उद्घाटन, प्रवासी नेपालीलाई सहज सेवा दिने लक्ष्य

टोकियो । जापानमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै सञ्चालनमा आएको रेमिट्यान्स सेवा कम्पनी Yehey Remit ले टोकियोको आकिहाबरा क्षेत्रमा आफ्नो नयाँ कार्यालयको औपचारिक उद्घाटन गरेको छ । मे ९ तारिख शनिबार आयोजित उद्घाटन कार्यक्रममा विभिन्न नेपाली समुदायका प्रतिनिधि, व्यवसायी, समाजसेवीहरुको सक्रिय सहभागिता रहेको थियो। कार्यालयको उद्घाटन कार्याक्रममा गैर आवासिय नेपाली संघ आईसिसिका उपमहासचिव प्रकाशमणी पोखरेल,सचिव शिव प्रसाद पौडेल, एसिया प्यासिफिक संयोजक दिपक कंडेल, एनसिसि जापानका अध्यक्ष सुभाष लामिछाने,नेपाल पत्रकार महासंघ जापानका अध्यक्ष रविन्द्र श्रेष्ठ लगायत विभिन्न नेपाली समुदायका प्रतिनिधि, व्यवसायी, समाजसेवीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

उद्घाटन कार्यकममा कम्पनीका कार्यकारी प्रमुख नविन निउरेले प्रवासी नेपालीहरुका लागी छिटो, भरपर्दो र सुरक्षित रेमिट सेवा प्रदान गर्न कम्पनी प्रतिवद्ध रहेको जानकारी दिनुभएको थियो । रेमिट्यान्स क्षेत्रमा छोटो समयमै विश्वास जित्न सफल Yehey Remit नेपाली युवाहरुको पहलमा स्थापित कम्पनी हो। विदेशमा रहेका नेपालीहरूलाई सहज, छिटो र भरपर्दो रूपमा नेपाल पैसा पठाउने सेवा उपलब्ध गराउने उद्देश्यले स्थापना गरिएको कम्पनीले अत्यन्त प्रतिस्पर्धी दररेट तथा सरल प्रक्रियाका कारण समुदायमा लोकप्रियता कमाउँदै गएको छ। कारोबार सञ्चालन गर्न थालेको एक वर्षकै अवधिमा कम्पनीले उल्लेखनीय सफलता हासिल गर्दै जापानमा रहेका नेपाली समुदाय माझ विश्वसनीय रेमिट्यान्स सेवाको रूपमा आफ्नो पहिचान बनाउन सफल भएको छ।

विशेषगरी विद्यार्थी, कामदार तथा व्यवसायी नेपालीहरूले सहज रूपमा पैसा नेपाल पठाउन सक्ने सेवा उपलब्ध गराउनु कम्पनीको मुख्य लक्ष्य रहेको छ। नयाँ कार्यालय सञ्चालनमा आएपछि सेवा अझ व्यवस्थित, छिटो र पहुँचयोग्य हुने अपेक्षा गरिएको छ। उक्त रेमिट कम्पनीमा कार्यकारी प्रमुख नविन निउरे सहित सफल युवा व्यवसायीहरु सुभास लामिछाने,मनोज दाहाल,बिशाल शर्मा,नारायण सापकोटा,जीवन क्षेत्री,मुक्तिराज रेग्मी डाईरेक्टर रहनुभएको कम्पनीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्