एमालेको नाराबाजीबीच विनियोजन विधेयक पारित
असोज ४, २०७८काठमाडौँ- प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) को नाराबाजीबीच विनियोजन विधेयक पारित भएको छ । प्रतिनिधि सभाको सोमबार (आज) बसेको बैठकबाट विनियोजन विधेयक बहुमतले पारित भएको हो । विधेयकको मन्त्रालयत शीर्षकमाथिको छलफल सकाएर अर्थमन्त्री जनार्दन शर्माले जवाफ दिएपछि सभामुखले खर्च कटौतीसम्बन्धी नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले राखेको प्रस्ताव निर्णयार्थ पेस गरेका थिए ।
सबै पढ्नुहोस