‘पार्टी आजै फोडौं भन्नेहरु हटेको देख्दा अचम्म लाग्छ’
भदौ १२, २०७८काठमाडौं, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफूलाई घच्घच्याएर अघि बढाउने नेताहरुले आफ्नो साथ छोडेको बताएका छन् । छोड्नेले छोडेपनि आफू खुट्टा कमाउने मान्छे नभएको अध्यक्ष नेपालको भनाइ थियो । शनिबार (आज) काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले भने, ‘पार्टी आजै फोडौं भोलि नै फोडौं भन्ने साथीहरु पछाडि सरेको देख्दा अचम्म लाग्छ ।’
सबै पढ्नुहोस