गोंगबु गेष्टहाउसमा एक पुरुषको शव फेला
चैत २९, २०७७काठमाडौं - काठमाडौं महानगरपालिका वडा नम्बर २७ मित्रनगर गोंगबुस्थित गेष्टहाउसमा एक पुरुषको शव भेटिएको छ । गोंगबुको गोदावरी सन्तोषी गेष्टहाउसमा स्याङ्जा घर भएका नारायण बहादुर घर्ती क्षेत्रीको शव भेटिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) रमेश बस्नेतले जानकारी दिएका छन । शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पठाइएको छ ।गेष्टहाउसको कोठा नम्बर २०४ मा शव भेटिएको हो ।
सबै पढ्नुहोस