सुपर ओभरमा पोखरासित हारेसँगै एनपीएलबाट बाहिरियो विराटनगर
मङ्सिर २७, २०८१काठमाडौं - सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगको उपाधि होडबाट विराटनगर किंग्स बाहिरिएको छ । आज भएको खेलमा पोखरा एर्भेन्जर्ससँग पराजित हुँदै विराटनगर एनपीएलको प्लेअफबाट बाहिरिएको हो । प्लेअफबाट बाहिरिने विराटनगर दोस्रो टिम बनेको छ । यसअघि बुधबार लुम्बिनी लायसन् पनि उपाधि होडबाट बाहिरिएको थियो । आज भएको खेलमा विराटनगर सुपर ओभरमा पोखरासँग १३ रनले पराजित भयो ।
सबै पढ्नुहोस