बैतडीमा पनि सोमबारदेखि निषेधाज्ञा जारी
बैशाख १९, २०७८बैतडी- बैतडीमा सोमबारदेखि निषेधाज्ञा जारी हुने भएको छ। आइतबार बसेको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको बैठकले जिल्लामा निषेधाज्ञा जारी गर्नुपर्ने सिफारिश गरेपछि प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले निषेधाज्ञा जारी गरेका हुन्। संक्रमण रोक्नका लागि जेठ २ गते सम्म निषेधाज्ञा जारी गरिएको उनले बताए। निषेधाज्ञाको समयमा सवारी साधन आवागमनमा पूर्ण रोक लगाइनेछ भने अनावश्यक कसैले पनि हिडडुँल गर्न पाइनेछैन।
सबै पढ्नुहोस