×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

प्रधानमन्त्री बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच पाँच घण्टा लामो गोप्य तथा आत्मीय भेटवार्ता

प्रधानमन्त्री बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच पाँच घण्टा लामो गोप्य तथा आत्मीय भेटवार्ता

प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच बिहीबार बुढानीलकण्ठस्थित लामिछाने निवासमा करिब पाँच घण्टा लामो भेटवार्ता भएको छ। रास्वपा सचिवालयले दिएको जानकारीअनुसार भेटमा प्रधानमन्त्री शाहले आफ्नो भारत भ्रमणका क्रममा भएका द्विपक्षीय छलफल, सहमति र उपलब्धिबारे सभापति लामिछानेलाई विस्तृत जानकारी गराएका थिए।

लामो समय चलेको उक्त संवादमा आगामी निर्वाचन र त्यसको रणनीतिक तयारी, पार्टीले देशभर सञ्चालन गर्न लागेको प्रशिक्षण अभियान तथा सरकार र मन्त्रीहरूको कार्यसम्पादनको समीक्षासमेत गरिएको थियो। साथै, सरकारले ल्याउन लागेको अध्यादेश, आगामी संसद् अधिवेशनको मिति र सदनलाई प्रभावकारी बनाउने विषयमा समेत दुई शीर्ष नेताबीच सौहार्दपूर्ण र गहन छलफल भएको जनाइएको छ।

 #RSP

प्रतिकृया दिनुहोस्