×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

रोचक

तिरुपति मन्दिरमा जैन दम्पतीको ऐतिहासिक दान: करिब २०८ करोड भारु मूल्यको १२१ किलो सुन तथा हिरा जडित गहना अर्पण

तिरुपति मन्दिरमा जैन दम्पतीको ऐतिहासिक दान: करिब २०८ करोड भारु मूल्यको १२१ किलो सुन तथा हिरा जडित गहना अर्पण

भारतको चेन्नईस्थित उद्यमी तथा जैन दम्पती वर्धमान जैन र राधिका जैनले आन्ध्र प्रदेशको प्रसिद्ध तिरुमला तिरुपति देवस्थानम (तिरुपति बालाजी मन्दिर) मा १२१ किलोग्राम सुनका गरगहना दान गरेका छन्। करिब २०६ देखि २०७.६ करोड भारतीय रुपैयाँ मूल्य बराबरको उक्त दानमा २३८.२ क्यारेट हिरा तथा बहुमूल्य रत्न जडित ४६ प्रकारका परम्परागत गहनाहरू समावेश छन्।

आन्ध्र प्रदेशका मुख्यमन्त्री एन. चन्द्रबाबु नायडुको विशेष उपस्थितिमा बिहीबार भगवान् वेंकटेश्वर (श्रीवरु) का लागि १०६ किलो र देवी पद्मावतीका लागि १५ किलो सुनका आभूषण मन्दिर प्रशासनलाई हस्तान्तरण गरिएको हो। तिरुपति मन्दिरको इतिहासमै कुनै पनि व्यक्तिगत भक्तजनबाट प्राप्त भएको यो अहिलेसम्मकै सबैभन्दा ठूलो सुन दान रहेको मन्दिर प्रशासनले जनाएको छ।

#TirupatiTemple #GoldDonation

प्रतिकृया दिनुहोस्