काठमाडौँ - हप्तामा दुई दिन लगातार बिदा दिने व्यवस्थाका कारण आफ्नो व्यापार-व्यवसाय नराम्ररी प्रभावित भएको भन्दै व्यवसायीहरूले गुनासो गरेका छन्। दुई दिने सातान्त बिदासँगै अन्य थप सार्वजनिक बिदाहरू पर्दा बजार र आर्थिक गतिविधि नियमित रूपमा सञ्चालन गर्न कठिन भएको उनीहरूको भनाइ छ।
लगातारको बिदाका कारण आर्थिक कारोबारमा गिरावट आएको र उत्पादन तथा आपूर्ति श्रृंखलामा समेत असर परेको व्यवसायीहरूले बताएका छन्। बिदाका कारण समग्र व्यापारिक क्षेत्र नै सुस्त बनेको भन्दै उनीहरूले यो बिदा सम्बन्धी व्यवस्थामाथि तत्काल पुनर्विचार गर्न सरकारसँग माग गरेका छन्।