×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

स्नातक तहका विद्यार्थीका लागि 'प्रोजेक्ट अवसर' घोषणा, ६० जनाले छात्रवृत्ति र फेलोसिप पाउने

स्नातक तहका विद्यार्थीका लागि 'प्रोजेक्ट अवसर' घोषणा, ६० जनाले छात्रवृत्ति र फेलोसिप पाउने

काठमाडौं - आर्थिक अभावका कारण उच्च शिक्षा हासिल गर्नबाट बञ्चित हुनुपर्ने अवस्थाको अन्त्य गर्न नेपालमा पहिलो पटक 'निड-एन्ड-पर्फमेन्स बेस्ड' (आवश्यकता र क्षमतामा आधारित) छात्रवृत्ति कार्यक्रमको घोषणा गरिएको छ। 'प्रोजेक्ट अवसर', 'क्रिएटिङ अपर्चुनिटीज' (Creating Opportunities) र 'वात्सल्य सदन' (Vatsalya Sadan) को संयुक्त पहलमा यो महत्वाकांक्षी योजना ल्याइएको हो। यस अभियानमा '१०० ग्रुप' (100 Group) र 'डिजिटल एभरेष्ट' (Digital Everest) ले प्राविधिक तथा रणनीतिक सहकार्य गरेका छन्।

नेपालको शिक्षा क्षेत्रमा यो पहिलो यस्तो अन्डरग्रेजुएट (स्नातक) छात्रवृत्ति हो, जसमा छात्रवृत्तिका साथै 'बिल्ट-इन फेलोसिप' (Built-in Fellowship) को समेत व्यवस्था गरिएको छ। कार्यक्रमले आफ्नो पहिलो चक्रअन्तर्गत आगामी चार शैक्षिक वर्षसम्म ६० जनाभन्दा बढी योग्य र जेहेन्दार विद्यार्थीहरूलाई पूर्ण रूपमा सहयोग गर्ने लक्ष्य राखेको छ।

कसरी दिने आवेदन?
यो सुनौलो अवसरको फाइदा उठाउनका लागि योग्य विद्यार्थीहरूले आगामी ३२ असार २०८३ भित्र अनलाइन आवेदन दिइसक्नुपर्नेछ। इच्छुक आवेदकहरूले https://awasarform.creatingoppo.com/application/apply/ मा गएर सिधै फारम भर्न सक्नेछन्। यस कार्यक्रम सम्बन्धी थप विस्तृत जानकारी आवश्यक परेमा ९८१८३७८६४२, ९८१४७४०७८५,  नम्बरहरूमा सोझै सम्पर्क गर्न सकिने आयोजकले जनाएका छन्।

 

प्रतिकृया दिनुहोस्