काठमाडौँ। यसपालिको दसैँमा देशका अधिकांश भूभागमा मौसम सामान्यतया सफा र अनुकूल रहने मौसमविद् विनोद पोखरेलले बताएका छन्।
मौसमविद् पोखरेलका अनुसार कमजोर पश्चिमी वायुको प्रणाली नेपाल प्रवेश गरिरहेकाले भोलि पश्चिम नेपालका केही ठाउँमा र पर्सि मध्य तथा पूर्वी नेपालका केही क्षेत्रमा हल्का वर्षा हुन सक्ने सम्भावना छ। पहाडी भेगका थोरै स्थानहरूमा छिटपुट वर्षाको आकलन गरिए पनि दसैँभरिको समग्र मौसम राम्रो र उज्यालो रहनेछ। अधिकांश समय घाम लाग्ने र वातावरण बिस्तारै चिसिँदै जाने भएकाले विजयादशमी तथा टीकाको यात्रामा मौसमले खासै प्रतिकूल असर नपार्ने देखिएको छ।